Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

जलपरि जलशा अनेरास्ववियुको केन्द्रीय सदस्यमा निर्बिरोध निर्बाचित

फागुन ४ काठमाडौ । अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको आज तेस्रो दिन नेतृत्व चयनका लागि मतदान भइरहेको छ । बिहान ८ बजेबाट प्रज्ञाप्रतिष्ठानको हलमा जारी मतदानमा महाधिबेशनमा सहभागी एक हजार ६ सय भन्दा बढी प्रतिनिधिहरुले भाग लिइरहेका छन । हिजो बुधबार राती ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिए अनुसार १ सय ९९ पदका लागि सयौं अखिलका नेताहरुले उम्मेदवारी दर्ता गरेका थिए ।

जस मध्येकी एक हुन जलशा कुमारी वुढा अखिल नेतृ वुढाले एकता प्रक्रिया (समायोजन) कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थिइन । उनको कोटामा अन्य कुनै प्रतिष्पर्धीको उम्मेदवारी नपरेकोले निर्वाचन कमिटीले हिजो राती नै निर्विरोध निर्वाचित भनेर घोषणा गरेको निर्वाचन कमिटीले जनाएको छ ।

जलशा अखिल क्रान्तीकारीको केन्द्रीय सदस्यमा कार्यरत रहकै बेला गत बैशाखमा एमालेमा समाहित भउकी थिइन । उनी कालीकोट जिल्लाको पलाता गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवार बन्दै करिब १७ सय मत ल्याएर झिनो मतले पराजित भएकी थिइन ।

जलपरिका रुपमा समेत चिनिदै आएकी उनी एक निडर, हक्की र उच्च मनोवल भएकी सबै सँग मिल्न सक्ने एक आशालाग्दो युवा पनि हुन ।
साथै नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियुको १७ पदाधिकारीका लापग झण्डै एक सय जनाले उम्मेद्वार बनेका छन १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका हुन ।

७ वर्षपछि अखिलमा चुनाव हुन लागेकाले उम्मेदवारको संख्या धेरै भएको हो । यस पटक अखिलमा ठाडो गुटबन्दी नभएकाले पनि उम्मेदवार धेरै भएका छन ।

एक अध्यक्षका लागि ५ जना र महासचिवका लागि पनि पाँचै जना उम्मेदवार बनेका छन् । अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला र वाङ्छु योन्जन प्रतिस्पर्धामा हुनुहुन्छ ।

त्यस्तै चारजना उपाध्यक्षका लागि १६ जना प्रतिस्पर्धामा छन् । यस्तै महासचिवमा नरेश रोकाय, सुदर्शन शिवाकोटी, कल्पना वाइबा, भाष्कर खनाल र उमेश आचार्यले उम्मेदवारी दिएका छन् ।

सबैभन्दा धेरै उम्मेदवार सचिवमा छन् । १० सचिवका लागि ६१ जना प्रतिस्पर्धामा छन् । यस्तै कोषाध्यक्षमा सुजन कार्की, प्रज्वल फुयाँल, प्रदीप जिसी र संगम अर्याल उम्मेदवार बनेका छन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com