Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

टिकटक बनाउने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु

भदौ,१९ काठमाडौं । दाङको तुलसीपुरमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ।
हिजो राति साढे ८ बजे तुलसीपुर उपमहानगरपालिका-३ साततलेस्थित सडक छेउको भीरबाट खसेर एक युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुष्पराज मल्लले जानकारी दिए।

उनी तुलसीपुर-७ भुँयारथान बस्ने ३४ वर्षीय नवीन केसी हुन्।
हिजो उनी एक जना साथीसँग वडा नम्बर ३मा पर्ने हरनेतीमा घुम्न गएका थिए। रा ५ प ७२६८ नम्बरको बुलेट बाइकमा नवीन र उनका ३० वर्षीय साथी भीम विक घुम्न हिँडेका थिए।

उनीहरू घुमेर राति फर्किँदै गर्दा साततलेस्थित बाटोमा जाम भएको थियो।
जाम भएपछि उनीहरू बाइक रोकेर बसेका थिए। प्रहरीका अनुसार भीम विक मोटरसाइकलमै बसेका थिए।

नवीन केसी मोटरसाइकलबाट ओर्लिएर सडकछेउको डिलमा उभिएर टिकटक बनाउन लागेका थिए। घुम्न गएका केसीले मापसे पनि गरेको प्रहरीले जनाएको छ। त्यसैबेला भीरबाट खसेर घटनास्थलमै मृत्यु भएको डिएसपी मल्लले जानकारी दिनुभयो ।

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com