Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

हराएको २७ वर्षपछि फेला परे लमजुङका किसान परियार

लमजुङको राइनास नगरपालिका–८ तार्कुघाटका एक पुरुष हराएको २७ वर्षपछि फेला परेका छन्।
कामको सिलसिलामा भारत गएका ४४ वर्षीय किसान परियारलाई प्रहरीको सहयोगमा उद्धार गरिएको हो।

गत जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा परियारको खोजी गर्न निवेदन परेको थियो। त्यसका आधारमा खोजतलास गर्दा परियार भारतको उत्तर प्रदेश वासपत जिल्लामा भेटिएका हुन्।

परियारको उद्धार गरी ल्याइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।
प्रहरीले नेपाली राजदूतावास, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन तथा अनुसन्धान ब्यूरो, दिल्लीस्थित भारतीय प्रहरी, आफन्त नेपाल केन्द्रीय कार्यालय ललितपुरको सहयोग र समन्वयमा परियारको उद्धार गरी नेपाल ल्याएको हो।
परियारलाई प्रहरीले उनका आफन्तको जिम्मा लगाएको छ। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com