Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

बाढीले भत्कायो तनहुँमा पुल

बाढीले तनहुँको चुँदीखोलामा बाढी आउँदा भानु नगरपालिका २ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ।
बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो।

बाढीले पुलमा क्षति पुर्‍याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीय राजेश कार्कीले बताए।
बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका ५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ।

उक्त पुलको पर्खाल मर्मतका लागि मेयर आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ।
जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति पुर्‍याएको थियो।
नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पुल मर्मत गरिएको थियो। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com