Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार

काठमाडौं २२ वैशाख । धनुषाको कमला नगरपालिका उम्मेदवारका बुबामाथि धारिलो हतियार प्रहार भएको छ । नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादवलाई हिजो राति घरमै अज्ञात समूहले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको हो ।

उनको अवस्था चिन्ताजनक रहेको धनुषा प्रहरीले जनाएको छ । वडाध्यक्षका उम्मेदवार यादवले खुकुरी र चक्कुसहित अज्ञात समूह आफूलाई आक्रमण गर्न आएको तर बुवामाथि उनीहरूले आक्रमण गरेको दाबी गरे । घाइते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको धनुषा प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com