Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

लाल मोहम्मद हत्या प्रकरण : ३ जना सार्वजनिक, तीनै जना २१ वर्षमुनिका

काठमाण्डौ – काठमाण्डौको गोठाटारमा गएको असोज ३ गते सर्लाहीका व्यापारी लाल मोहम्मद दर्जीको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरिएको छ ।

आज शुक्रवार प्रहरी परिसर काठमाण्डौले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका तीन जनालाई सार्वजनिक गरेको हो । काठमाण्डौको गोठाटारमा गएको असोज ३ गते गोली हानी हत्या गर्न सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ गरेका तीनै जना २१ वर्षमुनिका रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले बताउनुभयो । उहाँले गोली हानी हत्या गर्न सहयोग गर्ने तीन जनामध्ये एक जना महिला रहेको बताउनुभयो ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ का २१ वर्षीया मोहम्मद महारम मियाँ, १९ वर्षका रेहान मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान रहेका एसएसपी बोहराले बताउनुभयो । पक्राउ पर्नेमध्ये महारम र रेहानले लाल मोहम्मदको हत्या गर्नका लागि वीरगञ्जबाट हतियार व्यवस्थापन गर्ने काम गरेको अनुसन्धानले देखाएको उहाँले जानकारी दिनुभयो ।

एसएसपी बोहराले पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको दैनिक गतिविधिको निगरानी गर्ने काममा भूमिका खेलेको पाइएको जानकारी दिनुभयो । उहाँले पक्राउ परेका व्यक्तिहरूले दिएको बयानका आधारमा थप अनुसन्धान भइरहेको र घटनामा अन्य केही व्यक्ति पनि संलग्न रहेको खुलेको बताउनुभयो ।

एसएसपी बोहराले अहिलेसम्म घटनाको अन्तिम विन्दु कहाँसम्म पुग्छ भन्ने निष्कर्ष ननिस्किएको बताउनुभयो । घटनाको वास्तविकतासम्म पुग्न समय लाग्ने उहाँको भनाइ छ । उज्यालो बाट

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com