Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति साहको निधन

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर रामकेवल साहको निधन भएको छ।

करिब एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय साहको आज बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। 

उपकुलपति साह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए। 

उपकुलपति साहको काठमाडौँमा उपचार सम्भव नभएपछि भारतको नयाँ दिल्ली लगिएको थियो। 

उनी नशा तथा हाडजोर्नी रोग विशेषज्ञ समेत थिए। साहलाई मधेस प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com