Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

भाजपा नेतामाथि आतंकवादी हमलाको योजना बनाउने व्यक्ति रूसबाट पक्राउ

भारतमा आतंकवादी हमलाको योजना बनाएका एक संदिग्धलाई रूसको फेडरल सेक्युरिटी सर्भिसले पक्राउ गरेको छ। उनी इस्लामिक स्टेटसँग आवद्ध रहेको र भारतमा सत्तारूढ दलका नेता लक्षित आक्रमणको योजना बनाएको टाइम्स अफ इन्डियाले जनाएको छ।

पक्राउ परेका मसराबखुन अजामोभ उज्बेकिस्तानका नागरिक रहेको बताइएको छ। भाजपाका नेताहरूले इस्लामिक धर्मगुरू मोहम्मदको अपमान गरेको भन्दै उनले भारत पुगेर आत्मघाती हमलाको योजना बनाएका थिए।

यस विषयमा भने भारतीय विदेश मन्त्रालयले कुनै प्रतिक्रिया जनाएको छैन। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com