Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

आन्दोलनरत मिटरब्याजपीडित र सरकारबीच वार्ता हुँदै

फागुन, १४ काठमाण्डौ । आन्दोलनरत मिटरब्याजपीडित र सरकारबीच आज वार्ता हुँदैछ । दुवै पक्षले वार्ता टोली गठन गरेसँगै आज बिहान ११ बजे वार्ता हुन लागेको हो ।आइतबार सरकारले गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोलीे गठन गरेपछि मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले पनि अवधेश कुशवाहाको नेतृत्वमा ९ सदस्य वार्ता टोली गठन गरेको छ ।

सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनका अनुसार आइतबार सरकारी वार्ता टोली र मिटरब्याजको ठगीविरुद्ध किसान मजदूर सङ्घर्ष समिति बीचमा औपचारिक भेटघाट तथा परिचय भएको छ । यसअघि मिटरब्याजपीडितसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै उनीहरु पुनः न्याय माग्दै विभिन्न जिल्लाबाट पैदल हिँडेर काठमाण्डौ आइपुगेका छन्।

यसअघि गएको वर्षको चैत २ गते मिटरब्याजपीडितलाई न्याय दिलाउन भनेर एक टोली ११ दिनको पैदल यात्रापछि काठमाण्डौ आएको थियो । काठमाण्डौमा झण्डै एकहप्ता आन्दोलन गरेपछि सरकार र मिटरब्याजपीडितबीच चैत १८ गते पाँच बुँदे सहमति भएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com