Yeti Khabar

२०८१ श्रावण १, मंगलवार - Tue Jul, 2024 -

प्रचण्ड सरकार पाँच वर्ष चल्न सक्छ: शशांक कोइराला

messenger sharing button

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले अहिले सरकार परिवर्तनको सम्भावना नरहेको बताएका छन्। आइतबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्ता गठबन्धनमा सामान्य खटपट भए पनि अहिले नै सरकार परिवर्तनको सम्भावना नरहेको बताए।

‘मेरो दृष्टिकोणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पाँच वर्षसम्म जान सक्छ, मलाई त्यस्तो लाग्छ,’ सरकारको स्थायित्व आवश्यक रहेको उल्लेख गर्दै उनले भने।

स्थायित्वले मात्रै देशको विकास सम्भव रहेकाले पार्टीभित्रको खिचातानी सरकारमा हुन नहुने उनको भनाइ छ।

विगतमा कतिपय समझदारी भएर पनि तोडिएको प्रसंग उल्लेख गर्दै उनले प्रचण्ड साधारण व्यक्ति नभएको बताए। तर नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बीचको तिक्तताका कारण पुनः एमालेसँग मिल्न जान सक्ने अवस्था नभएको उनले जिकिर गरे।

सम्भावना नेपालमा धेरै कुराको हुने भएकाले अब कांग्रेस एक्लै हिँड्नुपर्ने उनले बताए।

‘कांग्रेस सकेसम्म एक्लै जाने हो, कसैसँग मिल्नु छ भने अहिले मिलिराखेको छ भइहाल्यो,’ उनले भने, ‘मेरो दृष्टिकोणमा कांग्रेसले ठूलो पार्टी भए पनि प्रतिपक्षको नेतृत्व गरेको भए हुन्थ्यो।’

सच्चा कांग्रेस एक भएर लाग्नुपर्ने समय आएको कोइरालाको भनाइ छ। ‘इतिहास बलियो, सिद्धान्त राम्रो र परिवर्तनको महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेस एक्लै अघि बढ्नुपर्छ,’ उनले भने।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com