Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

फेसबुक संस्थापक जुकरबर्गलाई पुत्री लाभ

फेसबुकका संस्थापक मार्क जुकरबर्ग तेस्रो पटक पिता बनेका छन् । जुकरबर्ग पत्नी प्रिसिला चानले तेस्रो बच्चाको रुपमा छोरीलाई जन्म दिएकी हुन् ।

जुकरबर्गले सोसल मिडिया प्लाटर्फम फेसबुक तथाा इन्स्टाग्राममा पुत्री लाभको जानकारी दिएका छन् । नवजात छोरीको तस्वीर शेयर गर्दै उनले ईश्वरको आशीर्वाद प्राप्त भएको भन्दै छोरीलाई स्वागत गरेका छन् ।

जुकरबर्गले इन्स्टाग्राममा नवजात छोरी अरेलिया चान जुकरबर्गसहितको तस्वीर राखेका छन् । जसका उनले लेखेका छन्- संसारमा तिमीलाई स्वागत छ । अरेलिया चान जुकरबर्ग ! तिमी ईश्वरको आशीर्वाद हौ ।

स्मरण रहोस् जुकरबर्ग दम्पत्तिका यसअघि ७ वर्षीया छोरी मेक्सिमा र पाँच वर्षका छोरा अगस्त छन् ।

जुकरबर्ग र उनकी पत्नी चानको प्रेम कहानी सन् २००३ मा सुरु भएको थियो । उनीहरु दुवैजनाको पहिलो चिनाजानी हार्वर्ड विश्वविद्यालयको पार्टीमा बाथरुमका लागि लाइन लागेको बेला भएको थियो । त्यसपछि उनीहरुले सन् २०१० मा फेसबुकमार्फत् आफूहरू प्रेम सम्बन्धमा रहेको घोषणा गरे र सन् २०१२ मा बिहे गरे ।

एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com