Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

बिपरजोय चक्रवातले आगामी ६ घण्टामा भीषण रूप लिने

whatsapp sharing button
sharethis sharing button

नयाँ दिल्ली । बिपरजोय चक्रवात आगामी ६ घण्टामा ‘अत्यन्त भीषण चक्रवाती आँधी’ मा परिणत हुने भारतीय मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार चक्रवाती आँधी बिपरजोयले जुन १५ सम्म पाकिस्तानको तटीय क्षेत्र र छेउछाउको सौराष्ट्र र कच्छसम्म निकै भीषण रूप लिएर पुग्न सक्छ ।

पछिल्लो छ घण्टादेखि पाँच किलोमिटर प्रतिघण्टाको गतिमा आँधी चलिरहेको छ । तर अबको केही समयमा यसका कारण अरब सागरमा १५५ देखि १६५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्न सक्छ । अगाडि बढ्दा हावाको गति १९० किलोमिटर प्रतिघण्टा पुग्न सक्छ ।

केही दिनयता अरब सागरमा ‘साइक्लोनिक एक्टिभिटी’ देखिएको छ । बिस्तारै बलियो बन्दै गएको बिपरजोय चक्रवात आगामी दिनमा गुजरातको तटीय क्षेत्र नजिक आउनेछ । आँधीबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै भारतीय मौसम विज्ञान विभागले गुजरातको तटीय क्षेत्रका माछा मार्नेहरूका लागि एडभाइजरी नै जारी गरेको छ। जुन १५ सम्म पश्चिम–मध्य अरब सागर र जुन १२ देखि १५ सम्म उत्तर अरब सागर र छेउछाउको मध्य अरब सागरमा माछा मार्न नजान आग्रह गरिएको छ ।

सौराष्ट्र र कच्छमा, माछा मार्नेहरूलाई जून १५ सम्म तटबाट टाढा रहन सल्लाह दिइएको छ। आगामी चार दिनको पूर्वानुमान अनुसार चक्रवातका कारण गुजरातको तटीय क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यससँगै आगामी पाँच दिनसम्म सौराष्ट्र–कच्छ र दिवका सबै जिल्लामा ३० देखि ५० किलोमिटरको गतिमा हावा चल्ने छ ।
बीबीसी हिन्दी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com