Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

वृद्धभत्ता लुट्न कुटपिट गरिएका एक वृद्धको उपचारका क्रममा मृत्यु

फागुन,१६काठमाडौं । धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर–७ मा रहेको निर्वेश्वर महादेव मन्दिरमा बस्दै आएका धुनीबेसी नगरपालिका वडा नम्बर–६ का ८४ वर्षीय बलराम उप्रेतीको मृत्युभएको छ । अघिल्लो दिन वृद्धभत्ता बुझेका उप्रेतीलाई माघ १० गतेराति धुनीबेसी नगरपालिका–६ का ३७ वर्षीय पुरुषोत्तम बानियाँले कुटपिट गरी भत्ता रकम लुटेर लगेका थिए ।

छिमेकी र प्रहरीको सहयोगमा उप्रेतीको उद्धार गरी नेपाल भारतमैत्री अस्पताल काठमाण्डौमा उपचारका लागि भर्ना गरिएको थियो । उहाँको उपचारकै क्रममा आइतवार ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सन्तुलालप्रसाद जैसवारले बताउनु भयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com