Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

हेल्लो सरकारको २४सै घण्टे सेवापछि गुनासो आउनेक्रम बढ्दो क्रममा

काठमाण्डाै – हेल्लो सरकारको २४ घण्टे सेवा शुरुआतपछि गुनासा आउनेक्रम बढ्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतवार दोलखाको बिगु गाउँपालिकाको गुनासो सम्बोधन गरी शुभारम्भ भएको २४ घण्टे सेवाअन्तर्गत हिजो ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका–८ की देवीमाया दर्जीले शिक्षण अस्पतालमा बेड नपाएको गुनासो गर्नुभएको थियो । गुनासोपछि तत्कालै शिक्षण अस्पतालसँग समन्वय गरी बेडको प्रबन्ध गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।  

सचिवालयका अनुसार यो सेवामा फोनमार्फत गुनासो टिपाउने सङ्ख्या बढेको छ । नागरिकले ११११ मा फोन उठ्छ कि उठ्दैन भनी जाँच गर्ने गरेको, नयाँ शुरुआतको लागि शुभकामना दिनका लागि फोन गर्ने गरेको पनि पाइएको छ।

आर्थिक सहायताका लागि, विकास निर्माणका लागि, बजेट व्यवस्थापनका लागि, अनियमितता, विकास निर्माणकाकार्यमा भएको ढिलाइलगायतका विषयमा पनि नागरिकका गुनासो बढेको जानकारी गराइएको छ । यस्तै, सहकारी ठगी, अनलाइन ठगीका विषय दैनिकरूपमा बढ्दो क्रममा रहेको, सामान्य सुझाव तथा सोधपुछका विषयका सम्बन्धमा पनि गुनासा आएकाले त्यसको सम्बोधन तत्काल टेलिफोनमार्फत् गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

यस्तै, प्यान लिन के गर्नुपर्छ ? नागरिकताको विवरण कसरी सच्याउन मिल्छ ? जस्ता जानकारी पनि माग हुने गरेको छ । फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा समेत गुनासोकर्ताबाट उल्लेख्य गुनासो आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com