Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

स्पर्सलाई हराउँदै शीर्ष स्थानमा अर्सनलको पकड बलियो

नर्थ लण्डन डार्बीमा १० खेलाडीमा सीमित टोटनहम हटस्पर्सलाई हराउँदै आर्सनलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । शनिबारको खेलमा आर्सनल ३–१ गोलले विजयी भएको हो ।

खेलमा राम्रो सुरुवात गरेको आर्सनलका लागि थोमस पार्टलेले खेलको २० औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर ३१ औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । प्रिमियर लिगका अवे खेलमा उनको यो १ सयौँ गोल थियो ।

दोस्रो हाफमा गब्रियल जिसुसको गोलको मद्दतले आर्सनलले पुनः अग्रता लियो । ६२ औँ मिनेटमा एमर्सन रोयलले रातो कार्ड खाँदै मैदान छाड्न परेपछि स्पर्स थप दबाबमा पर्‍यो । यसको फाइदा उठाउँदै ग्रानिट जाकाले आर्सनलका लागि अर्को गोल थपे । ८ खेलपछि आर्सनल २१ अंकसहित शीर्ष स्थानमा रहेको छ । स्पर्स १७ अंकसहित लिगको तेस्रो स्थानमा छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com