नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेसँग चुनावी तालमेल गर्ने
![](https://www.yetikhabar.com/wp-content/uploads/2022/04/qqq-1024x768.jpg)
काठमाडौं २२ चैत । नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुले सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेसँग चुनावी तालमेल गर्न नेकपा केन्द्रीय समितिले स्थानीय तह निर्वाचन उपयोग गर्ने निर्णय गरेपछि हिजो बेलुका सुदूरपश्चिम प्रदेशमा एमालेसँग चुनावी तालमेल गर्न छलफल अघि बढाएका हुन्।
स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय भएपछि सुदूरपश्चिममा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा उनीहरुले छलफल अघि बढाएका हुन्। एमाले जस्तो राष्ट्रवादी शक्तिसँग चुनावी तालमेल कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य ओमप्रकाशले बताए।
‘एमालेका साथीहरुले छलफल गर्न प्रस्ताव गरेपछि दुई पक्षका वीच चुनावी तालमेलका विषयमा सामान्य छलफल भयो।
पुनः एमालेका नेताहरुसँग छलफल गर्ने भन्दै छुटिएको पुनले बताए। बैठकमा एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारी,प्रदेश सचिव धर्मराज पाठक,कैलाली जिल्ला सचिव रणबहादुर कुँवर थिए।