Yeti Khabar

२०८१ बैशाख १९, बुधबार - Wed May, 2024 -

नेपालविरुद्धको तेस्रो खेलमा क्यानडाको ३० ओभरमा ४ विकेट गुमाएर १०९ रन

facebook sharing button

काठमाडौँ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको सोमबार जारी नेपालविरुद्धको तेस्रो तथा अन्तिम खेलमा भ्रमणकारी टोली क्यानडाले ३० ओभरमा चार विकेट गुमाएर एक सय नौ रन बनाएको छ । क्यानडाका पाँचौँ नम्बरका ब्याट्सम्यान हर्ष ठाकेर १९ र छैटौँ नम्बरका ब्याट्सम्यान निखिल दत्त तीन रन बनाउँदै क्रिजमा छन् । 

क्यानडाको पहिलो विकेट हेमन्त धामीले लिएका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको आफ्नो ‘डेब्यू’ खेलमै विकेट लिएका हुन् । उनले यही खेलमार्फत सिनियर राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका हुन् ।  हेमन्तले क्यानडाका ओपनर ब्याट्सम्यान एरोन जोन्सनलाई चार रनको ब्यक्तिगत स्कोरमा देव खनालद्वारा क्याच गराएका थिए । २.४ ओभरमा जोन्सन आउट हुँदा भ्रमणकारी टोली क्यानडाले सात रन बनाएको थियो ।

क्यानडाको दोस्रो विकेट आकाश चन्दले लिएका थिए । उनले क्यानडाका तेस्रो नम्बरका ब्याट्सम्यान श्रीमन्था विजयरत्नेलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि विजयरत्नेले २८ बलमा दुई चौकाको मद्दतले २२ रन बनाएका थिए । १४ औँ ओभरको अन्तिम बलमा विजयरत्ने आउट हुँदा क्यानडाले ५५ रन बनाएको थियो । 

क्यानडाको तेस्रो विकेट कुशल मल्लले लिएका थिए । उनले क्यानडाका चौथो नम्बरका ब्याट्सम्यान निकोलस किर्तनलाई तीन रनको ब्यक्तिगत स्कोरमा भीम सार्कीद्वारा क्याच गराएका थिए । १८.१ ओभरमा निकोलस किर्तन आउट हुँदा क्यानडाले ७४ रन बनाएको थियो । 
क्यानडाको चौथो विकेट ललित राजवंशीले लिएका थिए । उनले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिवाललाई ५० रनको ब्यक्तिगत स्कोरमा आउट गरे । ललितले नवनितलाई आकाश चन्दद्वारा क्याच गराएका थिए । अर्धशतकीय पाली खेल्ने क्रममा नवनितले ८२ बलको सामना गरी पाँच चौका हिर्काएका थिए । २७औँ ओभरको अन्तिम बलमा नवनित आउट हुँदा क्यानडाले एक सय एक रन बनाएको थियो । 

शृंखलाको तेस्रो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निणर्य लिएको हो । यसअघि नेपाल शृंखलाको पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो । रातोपाटी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com