Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

सल्यान दुर्घटना : घाइतेको उपचारका क्रममा मृत्यु, मृतकको संख्या ९ पुग्यो

सल्यान — बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका ६ जलबाङ जाँदै गरेको रा १ ज ५६३ नम्बरको जिप दुर्घटनामा परी सख्त घाइते भएका ३५ वर्षीय तीलक ओलीको उपचारका क्रममा मृत्यु भएको छ । घाइते भएका उनको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा बिहीबार मृत्यु भएको हो ।

मंगलबार राति सल्यानको कपुरकोट गाउँपालिकाको मुलपानी नजिकै जिप दुर्घटना हुँदा जलबाङका आठ जनाको मृत्यु भएको थियो भने ओली गम्भीर घाइते भएका थिए । ओलीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ९ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दामोदर केसीले बताए । उनका अनुसार मृत्यु भएका सबै विवाहमा गई भोज खाएर फर्किँदै गरेका थिए ।

दुर्घटनामा परी घटनास्थलमै चालक कपुरकोट गाउँपालिका ६ जलबाङका २१ वर्षीय जीतबहादुर बोहरा, ३७ वर्षीय धर्म ओली, ४० वर्षीय टोपबहादुर ओली, उनका छोरा ११ वर्षीय बसन्त ओली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल ओली, ५५ वर्षीया कुमारी ओली, रीमका ३५ वर्षीय ललित ओली रहेका छन् ।

सबैको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी गम्भिर घाइते भएका कपुरकोट गाउँपालिका ६ कै ३५ वर्षीय तीलक ओली सख्त घाइते भएका थिए ।

नौ जना सवार बोलेरो जिप रातिको समयमा चालक निदाएका कारण दुर्घटनामा परेको हुनसक्ने प्रनाउ दामोदर केसीले जानकारी दिए । बोलेरो जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।

जिप दुर्घटनामा एउटै गाउँका नौ जनाको मृत्यु भएपछि पूरै गाउँ शोकमा डुबेको थियो । कपुरकोट गाउँपालिकाले शोक मनाउँदै बिहीबार पालिकाको सबै कार्यालय बन्द गरेको थियो ।कान्तिपुर

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com