Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

विदेश पठाइदिने भन्दै २२ लाख रुपैयाँ ठगी, २ जना पक्राउ

काठमाण्डौ – बेलायत र दुबई पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिले २२ लाख रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ । प्रहरीले दुई छुट्टाछुट्टै ठगी अपराधमा संलग्न रहेको आरोपमा आज आइतवार दुई जनालाई पक्राउ गरेको छ ।

बेलायत पठाइदिने लोभ देखाएर १५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाण्डौ महानगरपालिका २९ सामाखुसी बस्ने इलामका ३७ वर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले पाँच जनालाई सिजनल भिसामा बेलायत जानका लागि प्रतिव्यक्ति नौ लाख लाग्ने र त्यहाँको कम्पनीमा चार लाख तलब हुन्छ भनी लोभ देखाएर पाँच जनाबाट प्रतिव्यक्ति तीन लाख रुपैयाँ ठगी गरेको खुल्न आएको छ ।
त्यसपछि फरार रहेका उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सिनामङ्गलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगरमा पठाइएको छ ।

यस्तै दुबई पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा काठमाण्डौको टोखा बस्ने सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ७ खाडीचौरका २७ वर्षीय अविनाश कार्कीलाई पनि आजै प्रहरीले पक्राउ गरेको छ ।

वर्किङ भिसामा दुबई जानका लागि सात लाख ५० हजार लाग्ने र त्यहाँ मासिक एक लाखसम्म तलब हुने भनी सात लाख ५० हजार रुपैयाँ लिइ उनी फरार भएका थिए । उनलाई पनि त्यही कार्यालयबाट खटिएको प्रहरीले आज गोङ्गबुबाट पक्राउ गरी थप कारबाहीका लागि विभागमा पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com