Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु

भदौ, ३ काठमाडौ । चितवनको इच्छाकामना–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौंका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान करिब ३ बजेको समयमा ट्रकको पछाडि मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । उनीहरूको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com