Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

बाग्लुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र अब प्रदेशस्तरकाे अस्पताल बन्ने

बाग्लुङ – बाग्लुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र अब प्रदेशस्तरको अस्पतालमा स्तरोन्नति हुने भएको छ । २०६४ सालमै स्वास्थ्य मन्त्रलायले निर्णय गरेर बुर्तिबाङ स्वास्थ्य केन्द्रलाई जिल्लास्तरीय अस्पताल बनाउने निर्णय गरे पनि कार्यान्वयन भएको थिएन । अब भने प्रदेशस्तरकै अस्पताल बन्ने भएको हो ।

गण्डकी प्रदेश सरकारको सिफारिसमा सङ्घीय सरकारको यही फागुन ६ गतेको मन्त्रिपरिषद्को बैठकको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय ५० शय्याको अस्पताल बनाउने निर्णय गरिसकेको छ ।

पश्चिम बाग्लुङको व्यापारिक केन्द्रका रूपमा परिचित बुर्तिबाङ बजारमा सुविधायुक्त अस्पतालको अभाव हुँदा हजारौँ नागरिक पाल्पा, पोखरा र काठमाण्डाै पुग्नुपर्ने बाध्यतामा छन् ।

१६ वर्ष अगाडि जिल्ला अस्पताल बनाउने निर्णय गरी ३२ करोड रुपैयाँको लागतमा संरचना निर्माण भए पनि स्वास्थ्य केन्द्रले अहिले २५ शय्यासहितको सेवा दिइरहेको छ ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com