Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

बङ्गलादेशमा डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ पुग्यो

बङ्गलादेशको राजधानी ढाकाबाट चार यस ६८ किलोमिटर टाढा रहेको बङ्गलादेशको उत्तरी पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या २४ जना पुगेको छ।

यहाँका स्थानीय सञ्चार माध्यमहरुले सो डुङ्गा दुर्घटनामा परी आइतबार १६ जनाको मृत्यु भएको जनाएका थिए।आइतबार राति सम्ममा १२ जना महिला, आठ जना बालबालिका र चार पुरुषको शव निकालिएको छ, पञ्चगढ जिल्लाका प्रहरी प्रमुख एस एम सिराजुल हुडाले जानकारी दिए।

उनले केही व्यक्ति हराइरेका र उनीहरुको खोजी कार्य जारी रहेको तथा आइतबार रातिसम्ममा २४ जनाको शव भेटिएको जानकारी दिए। सो डुङ्गामा एक सय जनाजति यात्रु रहेका बताइएको छ। अहिले पनि डुङ्गामा रहेका अरु १० देखि १२ जना जति यात्रु हराइरहेका पनि ती प्रहरी प्रमुखले जानकारी दिए।

उद्धारका लागि प्रहरी परिचालन गरिएको र हराइरहेका व्यक्तिको खोजीका काम जारी राखिएको उनले जानकारी दिए। डुङ्गाको क्षमताभन्दा बढी व्यक्ति राखिएकाले बढी भार भएर सो दुर्घटना हुन पुगेको समाचारमा जनाइएको छ। एजेन्सी

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com