Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

श्रीलङ्काले स्थानीय निकायको चुनावका लागि नयाँ मिति तोक्यो

श्रीलङ्कामा स्थानीय निकायको चुनावको नयाँ मिति घोषणा भएको छ । यसअघि मार्च ९ अर्थात् भोलि बिहीवारका लागि तोकिएको स्थानीय निकायको चुनाव सरकारले चुनाव खर्चका लागि रकम अपुग रहेको भन्दै स्थगित गरेको थियो ।

यसअघि सन् २०२२ को सुरुमै हुनुपर्ने चुनाव आर्थिक सङ्कटका कारण पटक पटक स्थगित हुँदै आएको छ । श्रीलङ्काको निर्वाचन आयोगले अप्रिल २५ मा चुनाव गराउन मिति तोकेको भए पनि सरकारले भने प्रतिक्रिया दिइसकेको छैन ।

श्रीलङ्कामा आर्थिक सङ्कटका कारण चुनावलगायतका थुप्रै गतिविधिहरू प्रभावित भएका छन् । प्रश्नपत्र छपाउन कागज किन्ने पैसा नभएपछि श्रीलङ्का सरकारले गएको वर्ष राष्ट्रिय परीक्षासमेत स्थगित गरेको थियो । इन्धन, खाद्यान्नलगायतको सङ्कट पनि अझै हटिसकेको छैन । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com