Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

चट्याङ लागेर एक जनाको मृत्यु, ४ गम्भीर घाइते

काठमाडौं १७ वैशाख । अछाम जिल्लाको पुल्लेतोलामा चट्याङबाट एक जनाको ज्यान गएको छ। पञ्चदेवल निवायक नगरपालिका वडा नम्बर ७ को पुल्लेतोलास्थित काटियाँमा गए राति परेको चट्याङबाट कम्मानी कामीको १२ वर्षीय छोरा सुरत कामीको ज्यान गएको हो।

स्थानीय मकर रावलले दिएको जानकारीअनुसार हावा–हुरी र वर्षासँगै परेको चट्याङबाट ६० वर्षीय रने कामी, उनकी श्रीमति ५५ वर्षीया मना कामी, भाइबुहारी जयसरा कामी, ७० वर्षीषा बृकिसे रावल घाइते भएका छन्। उनीहरुको अवस्था गम्भीर रहेको रावलले जानकारी दिए।

चट्याङबाट कम्माने कामीका दुई बाख्रा मरेका छन् भने नजिकै रहेको देवकी निमावीको सोलार सिस्टममा पनि क्षति पुगेको छ। अहिले पनि मौसम बदली भइरहेकोले स्थानीय डराइरहेका छन्। घटनास्थलमा दुई जना प्रहरीको टोली पुगेको भने विपद व्यवस्थापनको टोली कमलबजारबाट हिंडेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com