Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

रेनु ६६६६ मतको अग्रता

जेठ,७ काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले आफ्ना प्रतिस्पर्धीहरूसँग अग्रता कायम राखेकी छन्।

८१ हजार १०९ मत गणना गर्दा उनले ३१ हजार ६७६ मत ल्याएकी छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २५ हजार १० मत प्राप्त गरे।
यस्तै, भुइँकटहर चुनाव चिन्ह लिएर उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ९६ मत प्राप्त गरेका छन्।
उपमेयरमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी अगाडि छन्। उनले ३४ हजार ८६ मत ल्याएका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com