Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

नेपाल टेलिकमले वार्षिकोत्सव मनाउँदै

माघ,२२ काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि २१औँ वर्षमा प्रवेश गरेको छ । विसं २०६० साल माघ २२ गते स्थापना भएको कम्पनीले आज विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउँदैछ ।

टेलिकमले मोबाइल टेलिफोन सेवा, जीएसएम, जीपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ । कम्पनीले निश्चित लाइन र मोबाइल टेलिफोन सेवा, ब्रोडब्याण्ड र निश्चित–लाइन इन्टरनेट सेवा इन्टरनेट एसएमएस सेवाहरू उपलब्ध गराएको छ ।

गएको मंसिर मसान्तसम्म देशभरका २ करोड १८ लाख ४४ हजार ५ सयभन्दा बढीले भ्वाइस सेवा तथा २ करोड १५ लाख ४४ हजार ३ सयभन्दा बढीले इन्टरनेट सेवा लिइरहेका कम्पनीले बताएको छ । देशका दुर्गम तथा विकट ठाउँमा दुरसञ्चारको सेवा विस्तारका लागि पूर्वाधार निर्माणका कामलाई तीव्रता दिइरहेको कम्पनीले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com