Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

प्रचण्डको आलोचना होइन, उहाँकै नेतृत्वमा अघि बढ्नुपर्छ: नारायणकाजी

फागुन,१ काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमै अहिले अघि बढ्नुपर्ने बताएका छन् । आज काठमाडौंमा पार्टीको विधान सम्मेलनको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रचण्डको आलोचना गर्न पाइने तर अहिले उहाँकै नेतृत्वमा अघि बढ्नुपर्ने बताएका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका श्रेष्ठले सबै वामपन्थी एक ठाउँमा आउनुपर्ने बताए । हाम्रो पार्टीले मात्रै पुग्दैन । अब सबै वामपन्थी एक ठाउँमा आउनुपर्छ, उनले भने । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले सांस्कृतिक र वैचारिक क्रान्ति नै अहिलेको मुख्य कार्यभार भएको बताए । उनले पार्टी रुपान्तरण र पुनर्गठनका लागि अघि बढ्नै पर्ने बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com