Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

लागूऔषधसहित २ जना पक्राउ

असार, ३ काठमाडौं । प्रहरीले २ जना भारतीयलाई लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित विराटनगरबाट हिजो साँझ पक्राउ गरेको छ।
पक्राउ पर्नेमा १ जना १४ वर्षीय बालक छन् भने अर्का भारतको अररिया सोनामनीका १८ वर्षीय विकास ठाकुर हुन्। बालकको पहिचान प्रहरीले गोप्य राखेको छ।

उनीहरु भारतीय मोटरसाइकलमा सवार थिए। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार भारतबाट नेपालतिर छिरेपछि विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट साँझ साढे ५ बजेतिर पक्राउ गरिएको हो।

पक्राउ परेकाहरुको साथबाट ३ दशमलब ६ ग्राम ब्राउन सुगर बरामद भएको छ। दुुवै जनाविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आज अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com