Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

रुस–युक्रेन युद्धकाबीच अमेरिकी हतियारको माग बढ्दो

रुसले युक्रेनमा आक्रमण गरेयता विश्व बजारमा अमेरिकी हातहतियारको माग बढेको छ । सन् २०२३ मा अमेरिकाले सीमापार बजारमा २ खर्ब ३८ अर्ब डलर बराबरको हतियार बेचेको छ ।

अमेरिकी सरकारको प्रत्यक्ष संलग्नतामा ८१ अर्ब डलरको हतियार बिक्री भएको छ । यो अघिल्लो वर्षको तुलनामा ५६ प्रतिशतले धेरै हो । बाँकी हतियार भने अमेरिकी रक्षा उपकरण निर्माता कम्पनीहरूले बेचेका छन् । अमेरिकाले बेचेको हतियारको ठूलो हिस्सा युक्रेनको छिमेकी पोल्याण्डले किनेको छ ।

गएको वर्ष पोल्यान्डले १२ अर्ब डलर बराबरको सैन्य हेलिकप्टर किनेको थियो । शक्तिशाली रकेट प्रणालीका लागि पोल्याण्डले १० अर्ब डलर तिरेको छ भने ३ अर्ब ७५ करोड डलर युद्धपोतका लागि खर्च गरेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com