Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

स्थानीय निर्वाचनको समयमा कोरोनाविरुद्धको खोप सञ्चालन नहुने

काठमाडौं २५ वैशाख । स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मतदानको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने भएको हो ।

निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाई हुने मन्त्रालयले प्रष्ट पारेको छ । निर्वाचन अघि र पछिका दिनहरूमा खोप केन्द्रहरूमा नियमित खोप अभियान सञ्चालन हुने भएकोले सबैलाई सकेसम्म चाँडो कोभिड १९ विरुद्ध खोप लगाउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।

छिमेकी मुलुकहरूमा पछिल्ला दिनहरूमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सचेत रहन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । छिमेकी मुलुकहरूमा संक्रमण बढ्दै जाँदा नेपाल पनि जोखिममा रहेको भन्दै सचेत रहन मन्त्रालयले सबैमा अनुरोध गरेको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com