Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

१७ सयले घट्यो सुनको मूल्य

काठमाडौं १७ वैशाख ।यो साता सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको ६ दिन कारोबार भएको सुनको मूल्य करिब २ हजार रुपैयाँ प्रति तोलाले घटेको जानकारी दिएको छ ।

गत साताको शुक्रबार छापावाल सुनको कारोबार प्रतितोला १ लाख ९०० रुपैयाँमा भएको थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १७ सय रुपैयाँले घटेर ९९ हजार २०० रुपैयाँमा आइपुगेको हो । यस्तै, गतसाता तोलामा १ लाख ४०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य यो साताको शुक्रबारसम्ममा ९८ हजार ७०० रुपैयाँ छ ।

यो साता पहिलो कारोबार दिनदेखि नै सुन घट्न लागेको थियो । आइतबार तोलामा ४०० रुपैयाँले घटेको सुनको मूल्य सोमबार ३०० रुपैयाँले घटेको थियो । यस्तै, मंगलबार ९०० रुपैयाँ, बुधबार ३०० रुपैयाँ र विहीबार १ हजार रुपैयाँ प्रति तोलाले घटेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com