Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

खोटाङमा गुड्दै गरेको बसमा आगलागी

खोटाङमा गुड्दै गरेको बसमा आगलागी भएको छ।
हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवा नजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको हो।
काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा ३ ख ८९८१ नंको बसमा शनिबार अपराह्न एक्कासी आगलागी भएको हो।

बसमा आगलागी हुँदा कुनै मानवीय क्षती भने नभएको घटनास्थलमा पुगेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट भएको छ।
काठमाडौंबाट दिक्तेल हिँडेको बस बीच बाटोमै आगलागी भएपछि त्यसमा सवार यात्रुहरू अलपत्र परेका छन्।

आगलागी भएको बसमा ३२ जना यात्रु रहेको र उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन दिक्तेलबाट अर्को बस पठाउने तयारी भइरहेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए।

गुड्दै गरेको बसको इन्जिनबाट आगो उठेको यात्रुहरूले बताएका छन्।
आगलागी भएको बस पुरानो भएको र उक्त बसको इन्जिनमा जान गरिएको बिजुलीको तार एकअर्कामा जोडिँदा आगलागी भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए। रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com