Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

ट्याङ्करसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कार्तिक,२९ काठमाडौं । भक्तपुरमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।
गएराति भक्तपुर नगरपालिका वडा–१ नगरकोट मोडमा भएको दुर्घटनामा घाइते भएका भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षका साजन दुवारीको उपचारका क्रममा भक्तपुर अस्पतालमा ज्यान गएको हो । वाग्मती प्रदेश ०२–०३१ प ७८६२ नम्बरको मोटरसाइकल र बा ४ ख ४२ ६८ नम्बरको पानी ट्याङ्कर ठोक्किएर दुर्घटना भएको थियो ।

ज्यान गुमाउने साजन मोटरसाइकलका चालक हुन् । मोटरसाइकलमा रहेका झापाको विर्तामोड नगरपालिका–२ घर भइ भक्तपुरको मध्यपुर थिमि बस्ने २३ वर्षका अनिल साह घाइते भएका छन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com