Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

अमेरिका र चीनले फेरि लगाउन थाले एक-अर्काका एयरलाइन्सलाई प्रतिबन्ध

अमेरिका र चीनले एक-अर्काका एयरलाइन्सले गर्ने उडानलाई आफ्नो देशमा प्रतिबन्ध लगाउन थालेका छन्।
समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाको पारवहन मन्त्रालयले एयर चाइना, चाइना साउदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्सले न्युयोर्क र लसएन्जलसबाट गर्ने उडानलाई प्रतिबन्ध लगाएको छ।

यो प्रतिबन्ध सेप्टेम्बर ५ देखि २८ सम्म लागु हुनेछ।
कोरोनाको कारण देखाउँदै यसअघि चीनले अमेरिकाका डेल्टा र युनाइटेड एयरलाइन्सलगायतले चीनमा गर्ने केही उडान रद्द गरिदिएको थियो।

कोरोना महामारी सुरू भएसँगै चीन र अमेरिकाले एक-अर्काका उडानलाई प्रतिबन्ध लगाउँदै आएका छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com