Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु-छोराको मृत्यु

असार,२१ काठमाडौं । सल्यानमा गुडिरहेको बसमा करेन्ट लाग्दा बाबु-छोराको मृत्यु भएको छ।आज बिहान साढे १० बजे कपुरकोट गाउँपालिका-३ चोरखोलामा गुडिरहेको रा १ ख ८३४ नम्बरको बसमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले बताए ।

करेन्ट लागेर मृत्यु हुनेमा रोल्पा गंगादेव गाउँपालिका-४ का ७० वर्षीय बलरामा डाँगी र उनका छोरा ४२ वर्षीय टोपलाल छन्।
चोरखोला नजिकै विद्युतको पोललाई सपोर्ट गर्न गाडेको पोललाई छुँदा बसमा करेन्ट लागेको थियो।

बसमा १८ जना सवार थिए। गम्भीर घाइते हुनेमा छत्रेश्वरी गाउँपालिका-६ का ३४ वर्षीय महेन्द्र वली छन्। उनी बसका मालिक हुन्। उनलाई उपचारको लागि कपुरकोटस्थित अस्पतालमा लगिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com