Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

निर्वाचनका लागि बिदा दिएसगै लगातार ६ दिन विद्यालय बन्द

३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा तीन दिन विद्यालय बन्द हुने भएका छन् ।

निर्वाचनका लागि मतदान केन्द्र रहेका विद्यालयहरू २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द हुने भएका हुन् । आगामी ३० वैशाखमा स्थानीय तहको मतदानको दिन तोकिएको छ । मतदान केन्द्रमा मतदानका लागि आवश्यक तयारी गर्नुपर्ने भएकाले पनि तीन दिन बिदा दिने तयारी गरिएको हो ।

२८ वैशाखदेखि ३० वैशाखसम्म विद्यालय बन्द हुने स्रोतको दावी छ । बिद्यालयहरुमा मतदान केन्द्र राख्नु पर्ने भएकाकारण बिद्यालय बन्द हुने भएको हो ।

मन्त्रालयका अनुसार निर्वाचनको अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशनसमेत दिएको छ ।

निर्वाचनका लागि तीन दिन बिदा दिएसगै लगातार ६ दिन विद्यालय बन्द हुने भएका छन् । ३१ गते शनिबार, जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुई दिन बिदा दिने सरकारी निर्णय भएको तथा २ गते बुद्धजयन्ती परेकाले ३ गते मात्र विद्यालय खुल्ने भएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com