Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

क्यान्टोन्मेन्टमा भ्रष्टाचार कपोलकल्पित छ, दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यान्टोन्मेन्टमा भ्रष्टाचार नभएको दाबी गरेका छन्। बिहीबार प्रतिनिधि सभामा जारी प्रश्नोत्तर कार्यक्रममा सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको उत्तर दिँदै उनले राजनीतिक आग्रह र पूर्वाग्रहका साथ भ्रष्टाचार भएको भन्ने गरिएको बताए।

‘क्यान्टोन्मेन्टको कुरा पूर्वाग्रही र कपोलकल्पित छ भन्ने मेरो दृढ विश्वास छ। फेरि पनि कसैले दिएको उजुरीकै आधारमा छानबिन गरेर दोषी ठहरिए म आफैं जेल जान तयार रहेको कुरा पनि म यहाँहरुलाई जानकारी गराउन चाहन्छु’, उनले भने।

त्यतिबेला शान्ति सम्झौता भएर क्यान्टोन्मेन्टमा पूर्वजनुमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि क्यान्टोन्मेन्टको भौतिक पूर्वाधार र योद्धाहरुको रासन पानीका निम्ति भनेर राज्यबाट दिइएको रकम र त्यसको अडिट, त्यसको हिसाबकिताब, त्यहाँ को-को थिए, क-कसले लिए भन्ने कुरा सबै रेकर्ड रहेको उनले बताए।

‘त्यतिबेला गिरिजाप्रसाद प्रधानमन्त्री हुनुहुन्थ्यो। डा रामशरण महत अर्थमन्त्री हुनुहुन्थ्यो। उहाँहरु समेतले रुजु गरिसकेपछि पटाक्षेप भइसकेको विषय हो’, प्रधानमन्त्री प्रचण्डले भने।

उनले आफ्नो दलको घोषणापत्रमै २०४८ सालदेखिकै सबै घटनाहरुको, सबै उच्च पदस्थ अधिकारीहरुको सम्पत्ति छानबिनको सम्बन्धमा या विभिन्न समयमा उठेका भ्रष्टाचार सम्बन्धी सबै मुद्दाहरुमा छानबिन गर्ने विषय उठाएको बताए। ‘हामी सबै राजनीतिक तहमा एउटा संकल्प गरेर जाँदा सबै चिज छानबिन गर्न सकिन्छ। देशमा सुशासनको, भ्रष्टाचारबाट उन्मुक्तिको नयाँ युग सुरु गर्न सकिन्छ’, उनले भने। नोपल लाइभ बाट

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com