जेल पुगेर शशांकले बालकृष्णलाई भेटे
भदौ,१३ काठमाडौं । कांग्रेस नेता डा। शशांक कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणसँग भेट गरेका छन् । आज सुन्धारास्थित केन्द्रीय कारागार पुगेर कोइरालाले खाँणलाई भेटेका छन् ।
केही दिनअघि कांग्रेस नेता डा। शेखर कोइरालाले पनि खाँणसँग भेट गरेका थिए । कोइराला र खाँणबीच पार्टीभित्रको आन्तरिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ ।