Yeti Khabar

२०८१ बैशाख ६, बिहीबार - Thu Apr, 2024 -

पाकिस्तानमा डाकु आक्रमणमा ७ प्रहरीको मृत्यु

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार डाकुहरूले गरेको आक्रमणमा सात प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । दर्जनौं अपराधीहरूले घोटकी जिल्लाको प्रहरी क्याम्पमा आक्रमण गर्दा सात प्रहरी अधिकारीको हत्या गरेका छन् भने २० जनालाई अपहरण गरेका छन् ।

केही दिनअघि अपहरणमा परेका कैयौं व्यक्तिको रिहाइका लागि अपराधीविरुद्ध अभियान चलाउन उक्त क्षेत्रमा शिविर स्थापना गरिएको हो । घटनालगत्तै ठूलो सङ्ख्यामा प्रहरी टोली घटनास्थलमा पुगेको र उक्त क्षेत्रमा खोजी कार्य जारी रहेको बताइएको छ । घटना भएको क्षेत्र थोरै जनसङ्ख्या भएको ठाउँ हो भने लुटपाट अपहरण, फिरौती लगायतका आपराधिक गतिविधिमा संलग्न डाँकुहरूको बलियो बासस्थान पनि हो। (रासस-सिन्ह्वा)

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com