Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

हेलिकप्टरमा चिवाभञ्ज्याङ पुगे ओली

पुष,१ काठमाडौं । मध्यपहाडी लोकमार्गकेन्द्रित संकल्प यात्राको अन्तिम दिन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली हेलिकप्टर चढेर चिवाभञ्याङ पुगेका छन्। यात्राको १८ औं दिन पाँचथर सदरमुकाम फिदिमदेखि च्याङथापु हुँदै अध्यक्ष ओलीसहितको टोली चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम थियो।

तर बीचको बाटो कच्ची र फोर ह्विल गाडी मात्रै जाने भएकाले हेलिकप्टर प्रयोग गर्नु परेको अध्यक्ष ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईंले बताए । ‘केही ठाउँको बाटो कच्ची भएकाले अध्यक्षज्यू हेलिकप्टर चढ्नुभएको हो, गाडी आउन सक्दैनथ्यो,’ उनले भने।

यात्राको अन्तिम दिन झन्डै १०१ किलोमिटर दुरीमा यात्रा गर्ने तयारी थियो। गाडीबाट छिचोल्न नसकेपछि ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू, महासचिवसहितका नेताले हेलिकप्टर प्रयोग गरेका हुन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com