Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

भारतको महाराष्ट्रमा पहिरो : चार जनाको ज्यान गयो, २२ जनाको उद्धार

भारतको महाराष्ट्रमा पहिरो जाँदा चार जनाको ज्यान गएको छ । महाराष्ट्रको रायगढ इरशालवाडी गाउँमा पहिरो गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा परेका २२ जनाको जीवितै उद्धार गरिएको छ ।

पहिरोमा केही पुरिएका हुन सक्ने आशङ्कामा खोजी तथा उद्धारको काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा ३० परिवार प्रभावित भएका हुन सक्ने अनुमान गरिएको छ ।

पहिरो प्रभावित क्षेत्रमा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिंदे पनि पुग्नु भएको खबरमा उल्लेख गरिएको छ । रायगढका जिल्लाधिकारी योगेश महासेले गएराति पहिरो गएको पुष्टि गर्नुभएको हाे । पहिरो प्रभावित क्षेत्र विकट क्षेत्रमा रहेकाले राहत पुर्याउन चुनौती रहेको उहाँले बताउनु भएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com