Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

पाल्पामा बस दुर्घटनामा आमा छोरीसहित एकै गाउँका ६ जनाको मृत्यु

पुष,२२ काठमार्डाैं । पाल्पाको खुसार्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाउने ६ जनाकै परिचय खुलेको छ । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा भएको बस दुर्घटनामा आमा छोरीसहित एकै गाउँका ६ जना महिलाको ज्यान गएको हो। दुर्घटनामा १८ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा खुसार्नेकी ३६ वर्षीया निर्मला घिमिरे, उहाँकी छोरी ११ वर्षीया सरुमाया घिमिरे, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बीमा पाण्डे रहेका जिल्ला प्रहरी कार्यालय, पाल्पाले बताएको छ ।
रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुसार्नेका लागि छुटेको यात्रुवाहक बस गएराति मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com