Yeti Khabar

२०८१ बैशाख ४, मंगलवार - Tue Apr, 2024 -

वन मन्त्रालयमा नमूना काम गरेर देखाउँछु

वन तथा वातावरणमन्त्री प्रदीप यादवले विकासका क्षेत्रमा नमूना काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल वातावरण पत्रकार समूहले आइतबार आयोजना गरेको वातावरण संरक्षण, दीगो विकासका वर्तमान चुनौती विषयक कार्यक्रममा उनले आफू र आफ्नो मन्त्रालय विकासको बाधक नभएको बताए।

उनले भने, म र मेरो मन्त्रालय विकासको बाधक होइन। म जति दिन मन्त्रालयमा रहन्छु, त्यति दिन नमूना काम गर्नेछु।
मन्त्री यादवले वन तथा वातावरण मन्त्रालय ताली खानेभन्दा पनि गाली खाने मन्त्रालय भएको उल्लेख गर्दै थपे, रूख काट्ने अनुमति दिऊँ, मन्त्रीले वन विनाश गर्‍यो, वनमारा मन्त्री आयो भनेर गाली गर्छन्। रूख काट्ने अनुमति नदिऊँ, विकास रोक्यो, विकासविरोधी मन्त्री आयो भन्छन्।

मन्त्री यादवले आमनागरिक, नागरिक समाज, विज्ञ एवं पत्रकारका राय, सुझावका आधारमा आफूले काम गर्ने प्रतिबद्धता जनाए।
वन तथा वातावरणका क्षेत्रमा निःस्वार्थ भवना लिएर राम्रो काम गर्नुका साथै वन क्षेत्र जोगाउन उल्लेख्य योगदान गर्ने विश्वास पनि उनले दिलाए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com