Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

सन्दीपले खेल्ने लंका प्रिमियर लिग स्थगित

दुई सातापछि श्रीलंकामा आयोजना हुने लंका प्रिमियर लिग (एलपीएल) स्थगित भएको छ।
श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण प्रतियोगिता स्थगित भएको हो।

प्रतियोगितामा सहभागी हुने विदेशी खेलाडी छनोट गरेर प्रतियोगिता आयोजनाको तयारी भइरहेको थियो। तर, प्रायोजकसँगको तालमेलमा कठिनाइ र फ्रेन्चाइजीहरूको उत्साह घट्दै गएकाले लिग स्थगित गरिएको आयोजकले जनाएको छ।

स्थगित प्रतियोगिता कहिले हुने भन्नेबारे कुनै निश्चित समय सीमा नभए पनि श्रीलंकाको आर्थिक अवस्था सुधारिएपछि प्रतियोगिता आयोजना गर्नेबारे पुनर्विचार गरिने श्रीलंकन् क्रिकेट बोर्डले जनाएको छ।

बोर्डले एक विज्ञप्ति जारी गर्दै इनोभेटिभ प्रोडक्सन ग्रुप एफजेडई (आईपीजी) ले अनुरोध गरेपछि प्रतियोगिता रोक्ने निर्णय गरेको भन्दै देशको वर्तमान आर्थिक अवस्था प्रतियोगिता आयोजनाका लागि अनुकूल नभएको बताएको छ।

५ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिता यही जुलाई ३१ बाट अगष्ट २१ सम्म चल्ने तालिका थियो।
यस सिजनको लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा स्पिनर सन्दीप लामिछाने डम्बुला जायन्ट्समा अनुबन्धित भएका थिए।

डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा ४० हजार डलरमा अनुबन्ध गरेको थियो।
यो प्रतियोगिता स्थगित भएपछि श्रीलंकाका फ्यानहरु निकै निराश हुनेछन्।
श्रीलंकाले अहिले घरेलु भूमिमा पाकिस्तानविरूद्ध टेष्ट सिरिज खेलिरहेको छ। यो शृङ्खलापछि यहाँ केही महिनासम्म कुनै सिरिज हुनेछैन।
श्रीलंकाको वर्तमान अवस्थालाई ध्यानमा राख्दै यस पटकको एसिया कप युएईमा आयोजना हुने सम्भावना छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com