Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

सर्पले डसेर मृत्यु

गएराति सर्पले डस्दा स्याङ्जाको वालिङमा एक पुरुषको मृत्यु भएको छ। स्याङ्जाको वालिङ–८ बोगटीडाँडाका ५५ वर्षीय निलबहादुर खाँणको उपचारका क्रममा गह्रौँ प्राथमिक अस्पताल वालिङमा निधन भएको अस्पतालका सूचना अधिकारी उदयबहादुर पौडेलले जानकारी दिए।

गएराति ११ः३० बजे सर्पले डसेपछि उपचारका लागि अस्पताल ल्याइएकामा त्यहाँ उपचार सम्भव नदेखिएपछि रिफर गरिएको उनले जानकारी दिए।

‘सर्पले डसेपछि अस्पतालसम्म ल्याई पु¥याउँदा विष लागिसकेको अवस्था थियो, रगतै वान्ता गर्नेलगायत लक्षण देखिइसकेको थियो’, सूचना अधिकारी पौडेलले भने, ‘यहाँ उपचार सम्भव नभएपछि तत्कालै रिफर ग¥र्यौं तर बिहान ४ बजेतिर यहीँ अस्पतालमै बिरामीको मृत्यु भयो।’ खाँणको बायाँ हातका दुई ठाउँमा करेत सर्पले डसेको थियो। स्थानीयवासीले बिरामीसँगै सर्प पनि मारेर अस्पताल ल्याएका थिए।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com