Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

चीनमा गएको पहिरोमा अहिलेसम्म नौ जनाको ज्यान गएको पुष्टि

चीनको युनान प्रान्तमा गएको पहिरोमा परेर अहिलेसम्म नौ जनाको ज्यान गएको छ ।  हिजो गएको पहिरोमा परि अझै हराइरहेका अरु धेरै मानिसहरूको खोजी भइरहेको छ ।

राष्ट्रपति सी जिनपिङले निरन्तर खोज तथा उद्धारका लागि आदेश दिनुभएको छ ।  त्यस क्षेत्रको तापक्रम शून्यभन्दा तल झरेकाले अत्यधिक चिसोका कारण उद्धारकर्तालाई समस्या भइरहेको बीबीसीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार बस्ती नजिकैको ठाडो भीरमा पहिरो खसेको देखिएको छ ।

पहिरोले धेरै घर तथा अरु भौतिक संरचना भत्काएको छ । त्यस क्षेत्रका पाँच सय जनाभन्दा धेरैलाई सुरक्षित ठाउँमा सारिएको छ भने एक हजार जना उद्धारकर्मीहरू परिचालन गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com