Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

बालिका अपहरणका आरोपितलाई ३ वर्ष ९ महिना कैद सजाय

चैत्र, १ काठमाडौं । पाँच वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा मोदी गाउँपालिका–६ तिलाहार का ३४ वर्षीय होमबहादुर बस्नेतलाई जिल्ला अदालतले ३ वर्ष ९ महिना कैद सजायको फैसला गरेको छ ।

गएको जेठ ३१ गतेका दिन बालिकालाई अपहरण गरेको आरोपमा मुद्दा सुनुवाईसँगै जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका थिए बस्नेत । उनलाई पर्वत जिल्ला अदालतको फागुन ३० गतेको फैसलाले ३ वर्ष कैद सजायसँगै बालबालिका विरुद्धको कसुर अन्तर्गत ६ महिना र एकीकृत कसुर अन्तर्गत ३ महिनाको कैद सजायको फैसला सुनाएको हो । यस्तै अदालतले अपहरण सम्बन्धी कुसर अन्तर्गत ३० हजार र बालबालिका कसुर अन्तर्गत ३० हजार गरी ६० हजार रुपैयाँ जरिबानासहित २ हजार ४ सय रुपैयाँ पीडित राहतकोषमा रहने पनि फैसला सुनाएको पर्वत जिल्ला अदालतका सूचना अधिकारी एवं श्रेष्तेदार राजु ढुंगानाले बताउनु भयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com