Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

चर्चित अभिनेत्री सुलोचना लाटकरको निधन

जेठ,२२ काठमाडौं । नयाँ दिल्ली– ‘श्री ४२०’, ‘नागिन’ र ‘अब दिल्ली दूर नहीं’ जस्ता फिल्मकी चर्चित अभिनेत्री सुलोचना लाटकरको निधन भएको छ।
उनले ४ जुनमा मुम्बईको एक अस्पतालमा अन्तिम सास लिइन्। उनी ९४ वर्षकी थिइन्। लाटकरकी छोरी कञ्चनले आमाको निधन भएको केही समय अगाडि नै स्वास्थ्य खराब भएको बताएकी थिइन्।

उनले श्वासप्रश्वासमा समस्याका कारण अस्पताल भर्ना गरिएको बताइन्। सुलोचनालाई भेन्टिलेटरमा राखिएको थियो।
सुलोचना लाटकरले फिल्महरूमा अमिताभ बच्चन, दिलीप कुमार र धर्मेन्द्र जस्ता दिग्गज कलाकारहरूको आमाको भूमिका पनि निभाएकी थिइन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com