रातारात पुर्याइयो पोखरा लामिछानेलाई

मंसिर, २० काठमाडौं । सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ। चितवनमा बयान सकिने वित्तिकै उनलाई रातारात पोखरा लगिएको हो। चितवनमा हिजो दिनभर रास्वपाका कार्यकर्ताले प्रदर्शन गर्दा झडप समेत भएको थियो।

रवि लामिछानेको चितवन जिल्ला सरकारी वकील कार्यालयमा मंगलबार र बुधबारगरी २ दिन बयान लिइएको थियो। लामिछाने विरुद्ध चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोप लागेको छ।