Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

धुवाँले छोपियो न्युयोर्क शहर, मास्क लगाएर मात्र बाहिर निस्कन अनुरोध

क्यानडाको क्युबेक र अन्टेरियोमा लागेको डढेलोले गर्दा अमेरिकाको न्युयोर्क शहर धुवाँले ढाकिएको छ।  

उत्तर अमेरिकाका दशौँ लाख मानिस वायु प्रदषणको शिकार भएपछि मास्क लगाएर मात्र बाहिर निस्कन आह्वान गरिएको छ। न्युयोर्कमा हिजोदेखि निःशुल्क एन–नाइन्टी फाइभ मास्क वितरणसमेत सुरु गरिसकेको बीबीसीले जनाएको छ।

खतरनाक रूपमा धुवाँयुक्त अवस्था सप्ताहन्तसम्म जारी रहने अधिकारीहरूले जानकारी दिएका छन्।

क्यानडाका जंगलमा केही दिनदेखि लागेको डढेलोले अहिलेसम्म ३८ लाख हेक्टर वन सखाप भएको छ। डढेलो निभाउन अमेरिकाले ६ सयभन्दा बढी अग्निनियन्त्रक क्यानडा पठाइएको छ।

आगलागी नियन्त्रणका लागि अमेरिकी सरकारले क्यानडाको केन्द्रिय सरकारलाई पनि बढी पहल गर्न अनुरोध गरिरहेको छ।  अधिकारीहरुका अनुसार न्यूयोर्कमा झण्डै १५ हजार मानिस विस्थापित भइसकेका छन्। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com